काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले स्वास्थ्य सामाग्री खरिदमा प्रधानमन्त्री केपी शर्मा ओली बोलेर अख्तियार दुपयोग अनुसंधान आयोगलाई प्रभावित बनाउन लागेको आरोप लगाएका छन् । नेता गुरुङले एक पत्रिकाको समाचारलाई जोडेर ट्वीट गर्दै प्रधानमन्त्रीलाई भ्रष्टाचारका ठुला काण्डमा तपाईं वोल्नै पर्ने कस्तो वाद्यता हो ? भनेर प्रश्न समेत गरेका छन् । नेता गुरङले प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘तपाई प्रधानमन्त्री हो वकील वा न्यायधीश होईन’ भनेर भनेका छन् ।
गुरुङले भनेका छन्ः सम्माननीय @PM_Nepal ज्यु ! तपाईं हाम्रो प्र.म.हो। वकिल वा न्यायधिश होइन। स्वास्थ्य उपकरण खरिद काण्डमा अदुअआले छानवीन गरिरहेको समयमा तपाईले यसरि वोलेर अदुअआको छानवीनलाई प्रभावित पार्न मिल्छ? भ्रष्टाचारका ठुला काण्डमा तपाईं वोल्नै पर्ने कस्तो वाद्यता हो ?





