पु.समाचार

सवा करोड श्रमिकको समस्यामा ध्यान नदिए कोरोना पछि देश जल्ने डा भट्टराईको चेतावनी

४ बैशाख काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समस्यामा परेका सवा करोड श्रमीकको समस्यामा ध्यान नदिए कोरोनापछि देश जल्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले कृषिबाट विस्थापित र मूलतः अनौपचारिक\अस्थायी रूपमा कार्यरत श्रमीकहरुको समस्या हल नगरे कोरोनापछि देश यिनकै आक्रोशमा जल्ने  चेतावनी दिए ।

उनले कोरोना महाब्याधीको वेला सबभन्दा नराम्ररी चुकेको देशको अर्थतन्त्र येनकेन धान्दै आएका अन्दाजी देशबाहिरका ६० लाख र देशभित्रका ६५ लाख श्रमिकहरूको व्यवस्थापनमा भन्दै सरकारको टिप्पणी गरेका छन् ।

कोरोनाका कारण अहिले बिश्वका विभिन्न देशहरुमा रोजगारीका लागि गएका नेपाली श्रमीकहरु समस्यमा परेका छन् भने नेपालभित्रै पनि पुरै देश लकडाउन हुँदा बेरोजगार भएका छन् ।

उनको ट्वीटः कोरोना महाब्याधीको वेला हामी सबभन्दा नराम्ररी चुकेको देशको अर्थतन्त्र येनकेन धान्दै आएका अन्दाजी देशबाहिरका ६०लाख र देशभित्रका ६५ लाख श्रमिकहरूको व्यवस्थापनमा हो । कृषिबाट विस्थापित र मूलतः अनौपचारिक \ अस्थायी रूपमा कार्यरत यिनीहरूको समस्या हल नगरे कोरोनापछि देश यिनकै आक्रोशमा जल्नेछ है !