६ जेठ, काठमाडौं । काठमाडौंमा ३, ललितपुर र भक्तपुरमा एक एक जनासहित जम्मा २७ जनामा देखियो कोरोना संक्रमण ।
यससँगसंगै कोरोना संक्रमीतको संख्या जम्मा ४०२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ देखी ४२ बर्ष उमेरका छन् भने अहिलेसम्म ३६ जिल्लमा छरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो ।
आज २७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उनले बताए । आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् । प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट टे«सिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताए । उनले आज कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिए । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।





