१३ असार, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतले कम्युनिष्ट सरकारले जनतालाई कालोलाई सेतो र सेतोलाई कालो बनाउने काममामात्र लाग्ने आरोप लगाएका छन् ।
नेता डा महतले काँग्रेसले काम गर्ने तर काम गरेको भनेर जनतालाई नभन्ने रहेको भन्दै कँँग्रेसको लक्ष भनेको आर्थिक रुपमा जनतालाई धनी बनाउने रहेको बताए ।
उनले सरकारले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको भन्दै क्वारेन्टाईनको अवस्था नै नाजुक रहेको आफूले अनुगमनको क्रममा पाएको जिकिर गरेका छन् ।
नेता डा महतले सरकारले बेरोजगार भएर विदेशबाट आएका वा स्वदेशबाटै गाँउमा फर्किएकाहरुलाई आम्दानीको लागि कामको व्यवस्था अनिबार्य हुनुपर्ने बताए । डा महतले त्यसको लागि ७५३ वटा स्थानीय तहलाई उपयोग गनर्नुपर्ने यनको दाबी छ । डा महतले परीक्षणको दायरा ७७ वटै जिल्लामा स्थापना गर्नुपर्ने भन्दै कँँग्रेसले परीक्षणको दायरा नबढाए सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।
जसले अन्यरोग लागेका कारण उपचारसेवाबाट बञ्चित हुनुपरेको भन्दै सरकारको ध्यान त्यतातिर नगएको, शिक्षाको लागि सरकार मूकदर्शक बनेको बताएका छन् । उनले सुदूरपश्चिम मुलुकको महत्वपूर्ण भएपनि व्यापार, पर्यटनसंग जोडेर सरकारले भूमिका खेल्नुपर्ने भएपनि सरकारले गफमात्र गरेको मास्टरप्लान नबनाएको बताए ।
कोरोनाबिरुद्धको लडाईमा प्रदेश र केन्द्र सरकारलाई भौतिक दूरी कायाम गर्दै लााग्नुपर्ने भएपनि सरकार संबेदनशील नभएको बताए । उनले सरकारलाई काँग्रेसले रचनात्मक सहयोग गरिरहेको भन्दै सहमहामन्त्री डा महतले जुम बैठकमार्फत धन्यबाद समेत दिएका छन् ।
कार्यक्रम विपी अध्ययन पतिष्ठानले आयोजना गरेको हो ।





