२५ असार, काठमाडौं । सार्बजनिक यातायातको भाडा ५० प्रतिशत बढेको छ । सरकारले ५० प्रतिशतमात्र यात्रु चढ्न दिनेगरी यातायात संचालन गर्न दिने सरकारी निर्णयअनुसार भाडामा ५० प्रतिशत बृद्धि गरिएको सरकारका प्रवक्ता एबम् सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।
अब काठमाडौं उपत्यकासहितका अन्तरजिल्लामा सार्बजनिक सवारी चल्न दिने सरकारको निर्णय भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिएका छन् ।
उनले कुनै जिल्लामा त्यही जिल्लाभित्र चल्ने सवारीसाधन चल्न दिईने छ भने काठमाडौंमा काठमाण्डौं, ललितपुर र भक्तपुरमा सार्बजनिक यातायात चल्न पाउनेछन् ।
चैत्र ११ गतेदेखी बन्द भएका सवारीसाधन र उक्त सार्बजनिक सवारीसाधनमा सवार हुने बाध्यता भएका यात्रु मारमा थिए भने ब्यावशायीहरुले बैंकको ब्याज तिर्न नसक्ने भन्दै सरकारलाई बसको चाबी बुझाईरहेका छन् । सवारी चल्न दिने सरकारको निर्णय सही भएपनि भाडा बढ्दा भने सर्बसाधारणलाई समस्या पर्ने देखिन्छ ।





