आर्थिक

एसबिआई बैंक र टेस्लाबिच सम्झौता

३१ असार, काठमाडौं । नेपाल एसबिआई बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि.बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरीटेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि.मा कार्ड प्रयोग बापत प्याथोलोजी तथा रेडियोलोजी सेवामा १० प्रतिशत छुटका साथै फार्मेसी सेवामा ५ प्रतिशत देखी १० प्रतिशत प्रदान गर्ने सम्झौता भएको छ ।
उक्तसम्झौता अनूसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छवि राज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि.का प्रमूख कार्यकारी अधिकृत रिन्कू श्रेष्ठका बिचसम्पन्न भयो ।