१ साउन, काठमाडौं । नविल ईन्भेष्टमेन्ट कम्पनीले विद्यमान कोरोना भाइरस (कोभिड १९) को कारणले लगानीका क्षेत्रहरु खुम्चदै गएको परिवेशमा बढी भन्दा बढी लगानीकर्ताहरुलाई नेपालको वित्तीयबजार पनि एउटा लगानीको क्षेत्र हुनसक्छ भन्ने उद्देश्यका साथ लगानीकर्ताहरुलाई शेयर बजारमा प्रवेश गराउन सर्वप्रथम डिम्याट खाताको आवश्यक पर्ने भएकोले लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी आजदेखि लागु हुनेगरी डिम्याट खाता खोल्नको लागि नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना श्रावण १ गते देखि सुरु भई बढीमा श्रावण मसान्त सम्म लागु रहनेछ ।
यो योजनामा यस कम्पनीले दिंदै आएको वित्तीय बजारसंग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्कतथा दस्तुरहरुमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ ।
यो सुविधाबाट नेपाली जनताले बढी भन्दाबढी फाईदा लिनेछन् भन्ने बैंकले आशा लिएको छ । यसरी नैलगानीकर्ताहरुर उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु न्बिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट इक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।





