आर्थिक

BPA Award 2019 बाट NCHL सम्मानित

०१ साउन, काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई, ‘Best Presented Award’अन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको छ । एनसीएचएलले आ व २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा Institutes of Chartered Accountants of Nepal (ICAN)द्वारा सन्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।

गत वर्ष पनि सोही विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै SAARCक्षेत्र मा ‘SAFA Best Presented Annual Report Awards’अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”पनि प्राप्त गरेको थियो ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ ।एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको NCHL-ECC,NCHL-IPS, connectIPS e-Payment, connectRTGS र National Payments Interface (NPI) प्रणाली सञ्चालनमा रहेका छन् । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमाबैंक तथा वित्तीय संस्थाहरूवाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ,सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।