०१ असार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशनगर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदानगर्दै आएको विभिन्न विधाहरु मध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले Best Presented Annual Report Award विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो ।
विधाहरुमा १. बैंकिङ्ग क्षेत्र २.वित्तीय क्षेत्र ३. बीमा क्षेत्र ४. सार्वजनिक क्षेत्र ईकाई ५. सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्तकम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्रविधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त समारोहका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहककाआवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदानगर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।





