पु.समाचार

७०० संस्था आवद्ध अन्र्तराष्ट्रिय यातायात मजदुर संगठनले पठायो प्रधानमन्त्रीलाई पत्र

२ श्रावण, काठमाडौं । अन्र्तराष्ट्रिय यातायात मजदुर संगठनका चार संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

हालको सार्वजनीक यातायात संचालन लागि यातायातका चार संस्थाहरु र सरकार बिच भएको छलफलको सन्र्दभमा विश्वभर दुई करोड यातायात मजदुर सदस्य रहेको इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशेन, बेलायतले नेपालमा आफुसंग आबद्ध रहेको सडक यातायात तर्फका दुई मजदुर युनियन नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उठाएका कुराहरुलाई प्रधानमँत्री केपी शर्मा ओलीलाई इमेल मार्फत अब यातायात संचालन हुंदा यातायात श्रमिकहरुको स्वास्थ्य सुरक्षा तथा स्वरोजगार श्रमिकहरुको सन्र्दभ मा चासो राख्दै सो फेडेरेशनका महासचिव स्टेफेन कटनले पत्राचार गरेका छन् ।

हालको कोभिड १९ को सन्र्दभमा श्रमिकहरुका लागि अन्र्तराष्ट्रिय श्रम संगठनले बनाएको मार्गनिर्देशन अनुसारको स्वास्थ्य सुरक्षा ख्याल गर्दै उनीहरुको स्वास्थ्य बिमा, साथै ६० प्रतिशत रहेका स्वरोजगार श्रमिकहरुका लागि लकडाउन पछाडी यातायात संचालन गर्न कम व्याजको सहुलियत दरको ऋण लगायतको कुराहरुमा समेत ध्यान दिई यातायात मन्त्रीलाई समस्याको समाधान गर्न भनि दिन समेत आग्रह गरेका छन् ।

फेडेरेशनले प्रधानमन्त्रीलाई पत्रका साथमा सार्वजनीक यातायात संचालनका लागि फेडेरेशनले तयार पारेको चार्टर अफ पेपर समेत संलग्न गरि पठाएका छन् । स्मरण रहोस केही दिन देखी रोजगारदाता र तिन यातायात मजदुर संगठनको कार्यदलले समस्या समाधानका लागि विपक्षी दलका नेता देखी प्रधानमन्त्रीसम्म भेटेर आफ्नो कुराहरु राखी सकेका छन् ।
सो फेडेरेशनका नेपालमा रहेका विश्व कार्य समितीका सदस्य अजय कुमार राईले वर्तमान समस्यालाई लिएर फेडेरेशनको ध्यानाकर्षण भएको र फेडेरेशनसंग आबद्ध रहेको दुई युनियनको मजदुर हरुको बिमा तथा आई एल ओ मापदण्ड बमोजिमको स्वास्थ्य सामग्री, सहुलियत व्याजको कर्जा लगायतका कुराहरु प्रति फेडेरेशनको एक्यबद्धता रहेको पनि बताए।
फेडेरेशनको १५० देशमा सडक यातायात, हवाई जहाज, रेल, पानीजहाज, पर्यटन लगायतका ७०० वटा मजदुर युनियनहरु आबद्ध रहेका छन् भने विश्व स्तरमा अन्र्तराष्ट्रिय श्रम संगठन लगायतका संस्थाहरुसंग मिलेर यातायात मजदुर हक, हित र अधिकारको लागि काम गर्दछ ।