०२ साउन, काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत ज्युको संयोजकत्वमा गठन गरेको कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले आज वैदेशिक रोजगार व्यवसायीहरु सँग राजधानीको बत्तिपुतलीमा छलफल गरेको छ।
बैदेशीक रोजगार व्यावशायीहरु सहभागी भएको उक्त बैठकमा विदेशमा भएका नेपालीहरुलाई सरकारले कोरोनाका कारण गुमेको रोजगारी, नेपाल फर्कन चाहनेलाई नेपाल फर्काउने वातावरण बनाउन तथा रोजगारी गुमेकालाई कसरी रोजगार दिन सरकारलाई दबाब दिन सकिन्छ भन्ने बिबिध बिषयमा छलफल भएको थियो ।





