राजनीति

नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच छलफल सुरुः दाहाल पुगे बालुवाटार

२९ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबिच छलफल सुरु भएको छ । लामो समयको संवादहिनता पछि आज फेरी दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

ओलीको राम जन्मभुमिको अभिव्यक्तिलाई लिएर चर्किएको विवाद उत्कर्षमा पुगेपछि पार्टीमा विवाद मिलाउन दुई शिर्ष नेताबीच पटक–पटकको बार्ता निस्कर्शबिहिन भएपनि पछिल्लो समय दुई अध्यक्ष भेट भएको थिएन ।

स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ । राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।

आजको वैठकका पार्टीको समस्या समाधानको विषयमा छलफल भईरहेको उच्च श्रोतले बताएको छ । अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न बालुवाटार गएका हुन् । साथै दुवैपक्षका नेताहरुले आजको बैठकमा केहि सहमतीको बाटो बन्दै गएको दाबी गरेका छन् ।