पु.समाचार

कोरोना अपडेटः आज ५२५ जना नया संक्रमित भेटिए, दुईजनाको निधन

२९ साउन, काठमाडौं । आज ५२५ जनालाई कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा पुष्टी गरेको छ। मन्त्रालयका प्रवक्ता डा जमगेश्वर गौतमले काठमाडौं उपत्यकामामात्र १२७ जनामा कोरोना संक्रमण रहेको पुष्टी गरेका छन् ।
आजै कोरोना संक्रमणबाट थप २ जनाको निधन भएको मन्त्रालयले पुष्टी गरेको छ । एक ८५ बर्षिया पुरुष बिपी कोईराला अस्पताल धरानमा र १८ बर्षिया पुरुष पाटन स्वास्थय बिज्ञान प्रतिष्ठानमा निधन भएको हो ।