१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बसेको छ । प्रधानमन्त्री केपीशर्मा ओली सरकारी निवास वालुवाटारमा बसेको बैठकले बैठकले सुझाव कार्यदललाई अनुमोदन गरेको छ । साथै बैठकले कार्यदललाई कार्यादेश समेत दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए । आजको बैठकमा यो कार्यदललाई पार्टी र राष्ट्रलाई सफल बनाउन अग्रसर होस् भनेर पनि दुवै अध्यक्षले शुभकामना समेत दिएका थिए । साथै कामको जिम्मा दिएकोमा कार्यदलले पार्टी अध्यक्षद्वयलाई धन्यवाद समेत दिएका थिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।
महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । अध्यक्षद्वयले गठन गरेको कार्यदललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने बताएका थिए । सोहीअनुरुप आजको सचिवालय बैठक बसेको हो ।





