पु.समाचार

कोरोनाबाट तीन जनाको निधनको पुष्टी, नेपालमा मृतक पुगे १०७ जना

१ भदौ, काठमाडौं । आज कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । रौतहटमा ३२ बर्षिय पुरुष, मोरागंका ६० बर्षिया पुरुष अनि काठमाडौंका ५८ बर्षिया महिला रहेको बताईएको छ । जम्मा मृतक हुने नेपालमा १०७ जना पुगेका छन् ।
आज ५८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयको आजको नियमित ब्रिफिगंमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका हुन् । आज काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना सँक्रमण पुष्टी भएमो छ । यससँगसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार नाघेको छ ।