२ भदौ, काठमाडौं । आज १०१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार आजबाट नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । लकडाउन खोलेपछिको आजको संक्रमण सबैभन्दा बढी हो ।





