२ भदौ, काठमाडौं । भदौ १० गतेसम्मका लागि काठमाडौं उपत्यकामा निशेधाज्ञा घोषणा गरिएको छ । आज बसेको काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साताका लागि अत्यावश्यकबाहेकका सबै बन्द गर्ने निर्णय गरेको हो । उपत्यकामा दिनानुदिन संक्रमितहरुको संख्या बढ्दै गएपछि बुधबारबाट अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको हो ।
खाद्यान्न ढुवानी, सुरक्षा सेवा र स्वास्थ्य सेवाबाहेकका कुनैपनि सवारी साधन संचालन गर्न पाईने छैन भने सर्बसाधारणमा हिँडडुल गर्नसमेत रोक लगाईएको छ । आज देशभर एक हजार भन्दा बढी र उपत्यकामामात्र दुई सयभन्दा बढीलाई कोरोना संक्रमण देखिएपछि तिनै जिल्लाले बाध्य भएर उक्र निर्णय गरेका हुन् ।





