पु.समाचार

एकैदिन कोरोना संक्रमणका कारण एक महिलासहित ११ जनाको निधन, पुग्यो १३७ जना

५ भदौ, काठमाडौं। आज एकैदिन ११ जनाको कोरोना संक्रमणका कारण निधन भएकोछ । आज निधन भएका जोड्दा नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १३७ पुगेको छ । १८ हजार २१४ जना अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । भेन्टिलेटरमा उपचाररत संख्या बढेको बताएका छन् । ५०० भन्दा बढी उपचाररत मोरगं, पर्सां, सर्लाही, काठमाडौंलगायत रहेका छन् । आज ८१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३० हजार ३८३ जना पोजेटिभ भेटिएको छ । एउटा पोठेटिभ टेट्न १ लाख चार हजार रुपैयाँ खर्च भएको छ । उपचार गर्दा एक ब्यक्तीलाई एक महिना राख्नुपर्ने भए ४ लाख ३० हजार खर्च हुन्छ भनेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा आजको मन्त्रालयद्वारा आयाुजित प्रेश ब्रिफिगंमा पुष्टी गरेका छन् ।