६ भदौ, काठमाडौं। नेकपा बरिष्ठ नेता माधव कुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेता नेपालको पछुवा गाडीका चालक र पीएसओ समेत ९ जनामा कोरोना संक्रमण पुष्टी भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले पुष्छी गरेका छन् । नेता नेपालसहित परिवारमा भने कोरोना नेगेटिभ देखिएको छ।





