६ भदौ, काठमाडौं। आज देशभर ६३४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २१६ कारोना संक्रमित भेटिएका छन् । आज कोरोना निको भएका १३६ जना छन् भने आजसम्म १८ हजार २५० जना कोरोना निको भई पर्किएका छन् ।
आज कोरोना संक्रमणबाट सुनसरीमा ६ बर्षीया बालीका र ६७ बषीृय पुरुष, पर्सामा ३ जना, बारामा एकजना, सिरहामा १, मकवानपुरमा १ जना र भक्तपुरमा १ जना भएको कोरोनाका कारण निधन भएको छ । आजसम्म १४६ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज बिभिन्न स्थानमा गरी जम्मा ९ जनाको निधन भएके छ ।





