८ भदौ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले बिहानमात्र पसल खोल्दा झन भीड हुने हुँदा बिहान ६ बजेदेखी बेलेकी ८ बजेसम्म पसल खोल्न दिनुपर्नेमागसहित ६ बुंदे ध्यानाकर्षण गराएका छन् ।
उनले कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ।काठमाडौंमा बढ्दो संक्रमणलाई रोक्न महानगरसंग मिलेर केही गर्न सकिन्छ कि भनेर हिजो कामनपा कार्यालयमा गएर प्रमुख लगायतसंग छलफल गरी महानगरले तत्काल गर्नैपर्ने विभिन्न कुरामा ध्यानाकर्षण गरेको जानकारी दिँदै उक्त छ ६ बुंदे ध्यानाकर्षण गराएका हुन् ।

पुर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले काठमाडौंमा कन्ट्याक्ट ट्रेसिगं ढिला भएको भन्दै प्रत्येक टोलमा ट्रेसिंगंको व्यवस्था गर्नुपर्ने तथा काठमाडौं महानगरलगायत स्थानीय तहले जनताका प्रदेश तथा संघीय प्रतिनिधिसँग नियमीत सम्पर्क तथा छलफलमा बस्नुपर्ने विचार व्यक्र गरेका छन् । काठमाडौं महानगरपालीकालाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त विचार राखेका थापाले आज उक्त पत्र सार्बजनिक गरेका छन् । नेता थापाको पत्र: १. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्। हामी सँगै काम गर्न चाहान्छौं। तपाईँ सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्।
२.महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न।
२.कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन।
३.अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न।
४.खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने,सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ।
५.कोरोना संक्रमण संग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन्। नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न।






