पु.समाचार

आज उपत्यकामा २३२ जनासहित ८५५ जनामा कोरोना संक्रमण

९ भदौ, काठमाडौं । आज नेपालमा ८५५ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकामा २३२ जनासहित ८५५ जनामा कोरोना संक्रमण भेटिएको हो । उपत्यकामा काठमाडौंमा १९९ जना, ललितपुरमा १९ जना र भक्रपुरमा १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।
कोरोनाका कारण ७ जनाको निधन भएको छ । आज मृत्यु भएकालाई जोड्दा नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या १६४ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । २४ घण्टमा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।