पु.समाचार

आज भेटिए ८८५ जना कोरोना संक्रमित, काठमाडौंमा २३०सहित उपत्यकामा मात्र ३०१ जना

१० भदौ, काठमाडौँ । २४ घण्टामा ८८५ जना कोरोना संक्रमितहरु पुष्टी भएका छन् । उपत्यकामा ३०१ जनासहित संक्रमितहरु फेला परेका हुन् । आजसम्म ३४ हजार ४१८ जना संक्रमित पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेश ब्रिफिगंमा बताएका छन् ।
उपत्यकाको काठमाडौंमा २३०, ललितपुरमा ४७ जना अनि भक्तपुरमा २४ जना कोरोना संक्रमितहरु भेटिएका छन् ।