पु.समाचार

आज कोरोना संक्रमणका कारण १२ जनाको निधन, नेपालमा जम्मा पुग्यो १९५ जना

१२ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण आज १२ जनाको निधन भएको छ । देशभरका बिभिन्न स्थानमा गरी उक्त संख्या नाघेको हो । हालसम्म कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १९५ जना पुगेको छ । मृतक ४ महिला र ८ पुरुष छन् । 
नेपालमा निको भएका २० हजार ४२ जना, २४ घण्टामा १६९ जना डिस्चार्ज भए, पीसीआर आजको १० हजार २२९ जना रहेको स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको स्वास्थ्य मन्त्रालयको प्रेश ब्रिफिगंमा बताएका छन् । मोरगंमा ४७, सुनसरीमा ४१ जना, झापामा १५ जनालाई कोरोना संक्रमण भएके छ। काठमाडौंमा ३५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ललितपुरमा ११ जनासहित उक्त पुष्ष्टी भएको हो । जम्मा ९२७ जना कोरोना संक्रमित थप्एका छन् भने आजसम्म जम्मा संख्या ३६ हजार नाघेको छ ।