पु.समाचार

आज भेटिए उपत्यकामा १८६, काठमाडौंमा १५५ कोरोना संक्रमित

१३ भाद्र, काठमाडौं । आज काठमाडौमा १५५ सहित उपत्यकामा १८६ जना संक्रमित भेटिएका छन् । संक्रमितहरु ललितपुरमा १९ र भक्तपुरमा १२ जना छन् । ८ सय ८४ जनामा कोरोना पुष्टी भएको छ । १० हजार १४५ जना आईसोलेसनमा रहेका छन् । होम आईसोलेसनमा ६४४५ जना छन् । हालसम्म डिस्चार्ज हुने नेपालभर २० हजार ५५ जना छन् । आइर्एसियूमा रहेका जम्मा १७५ जना अनि भेन्टिलेटरमा उपचार गर्ने २२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले आजको नियमित प्रेश कुराकानीमा जानकारी दिएका छन् । आज हिजोको भन्दा संक्रमित घटेका छन् ।