पु.समाचार

आज देशभर भेटिए एक हजार ६९ कोरोना संक्रमित, देशभर पुग्यो ४० हजार ५२९

१६ भदौ, काठमाडौं । २४ घण्टामा कोरोना संक्रमण भएकाको आजको संख्या छ । काठमाडौं उपत्यकामा काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना गरी ४८१ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । ३४४ महिला र ७२५ पुरुष गरी १०६९ र जम्म देशभर ४० हजार ५२९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।