१७ भदौ, काठमाडौं । नेपाल प्रेश युनियनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण आम जनजीवन प्रभावित बनेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । युनियनले भनेको छ, ‘यो महामारीमा मानव जीवनको रक्षाका लागि स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीकर्मीलगायतसँगै सञ्चारकर्मी पनि अग्रभागमा जिम्मेवारीका साथ अहोरात्र खटिइरहेका छन् । यस क्रममा देशभर आजका मितिसम्म करिब १०० जना सञ्चारकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन् । नेपाल प्रेस युनियन सम्पूर्ण सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्रमित सञ्चारकर्मीको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग गर्दछ । साथै सम्पूर्ण सञ्चारकर्मीहरुलाई पहिले आफू सुरक्षित भएर मात्र काम गर्न र सञ्चार प्रतिष्ठानहरुलाई पनि सञ्चारकर्मीहरुलाई सकेसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाइदिनुहुन आग्रह गर्दछ । यस विषम परिस्थितिमा संक्रमित सञ्चारकर्मी र उनीहरुका परिवारलाई आवश्यक सुरक्षा अपनाउँदै सक्दोे सहयोग गर्न नेपाल प्रेस युनियनका शाखा, प्रदेस र केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्दछौ ।’
युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले विज्ञप्तप् प्रकाशित गर्दै भनेका छन्, ‘कोरानोका कारण मुलुकभर लामो समयदेखि लागु गरिएको लकडाउन र निषेधाज्ञाबाट साना स्वरोजगारमूलकदेखि ठूला सञ्चारमाध्यम प्रभावित भएका छन् भने कतिपय बन्द भएका छन् । अर्काेतिर सयौं सञ्चारकर्मीहरुले जागिरबाट हात धुनुपरेको, आधा तलबमा चित्त बुझाउनुपरेको तथा समयमै तलब नपाएकोप्रति नेपाल प्रेस युनियनले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले हालसम्म विशेष राहतको कुनै प्याकेज नल्याएकोप्रति हामी दुःख व्यक्त गर्दछौ । सञ्चारकर्मी आफ्नो पेशाबाटै पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षलाई सचेत हुन आग्रह गर्दै कोरोनाको यो संकटमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि विशेष राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारसँग पुनः माग गर्दछौँ ।’
युनियनले थपेको छ, ‘यसै सन्दर्भमा केही दिन अघि समाचार लेखेकै आधारमा प्रेस युनियनका केन्द्रीय पार्षद एवं सगरमाथा टेलिभिजन र गोरखापत्र दैनिकका दोलखा संवाददाता कैलाश लामामाथि ज्यान मार्ने धम्की दिदै सामाजिक सञ्जालमा समाजिक सद्भाव भड्काउने गरी गालिगलौज गर्नेलाई कडा कानूनी कारवाही गर्न माग गर्दछौ । साथै संविधानले प्रत्याभुत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र सुरक्षित रुपमा पत्रकारिता गर्ने वातावरण सुनिश्तिता कायम राख्नका लागि राज्य पक्षलाई आग्रह गर्दछौं ।’





