राजनीति

महाधिवेशन लाग्यो भन्दैमा प्रतिपक्षीको भूमिका भुल्नु हुँदैनः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाधिवेशन लाग्यो भन्दैमा प्रतिपक्षी भूमिका भुल्न नहुने बताएका छन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्वारा विहीबार आयोजित भर्चुअल अन्तक्र्रिया कार्यक्रममा नेता पौडेलले भने, ‘महाधिवेशन लाग्यो भनेर प्रतिपक्षी भूमिका भुल्न हुँदैन । महाधिवेशन र प्रतिपक्षी दलको भूमिकका सँगसँगै अगाडि बढाउनु पर्छ ।’ उनले पार्टीको महाधिवेशन निर्धारित समयमा नहुने निश्चित भएको बताए । पौडेलले भने, ‘महाधिवेशनको कार्यतालिका मात्र फेर्ने कि मिति पनि पर्ने ? दोष कोरोनालाई लगाउन सकिन्छ । कहिलेसम्म लगाउने ? कार्यतालिका फेर्नुपर्ने निश्चित छ । अब फागुन ७ गते महाधिवेशन गर्न सकिने अवस्था छैन ।’
महाधिवेशन आगामी भदौपछि सार्न नुहुने पौडेलको भनाइ छ । ‘भोलि कोरोनाले महाधिवेशन हुन भने काम गर्न छोड्नु हुँदैन । भदौपछि महाधिवेशन लगे आगामी स्थानीय तहको चुनावमा ठूलो असर पर्छ । कोरोनाबाट सुरक्षित भएर कतिसम्म काम गर्दै जानुपर्छ’ पौडेलले भने ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि मनोनयन गर्ने कुराले निष्पक्ष महाधिवेशन हुन्छ भन्ने उनको प्रश्न छ । अहिले नेतृत्वका कलाविहीन ढंगले प्रस्तुत भइरहेको पौडेलको भनाइ छ ।
उनले भने, ‘उम्मेदवारीसँग मार्गचित्र आउनुपर्छ । आजका विषयसँग निरपेक्ष भए जस्तो देखियो । संविधानका विषयमा प्रश्न उठाउने भन्दा पनि कार्यान्वयन गर्ने र संविधानमा लिपिबद्ध भएका कुरा व्यवहारिक बनाउन जरुरी छ । राष्ट्रियताको विषयमा पनि नयाँ दृष्टिकोण बनाउनुपर्छ ।’
बिपी कोइरालाको लोकत्रान्त्रिक समाजवादको आधारमा टेकेर सैद्धान्तिक छलफल अगाडि बढाउनुपर्ने पौडेले बताए । उनले भने, ‘वैचारिक विषयमा छलफलमा हाम्रो महाधिवेशन निरपेक्ष देखिन्छ । काँग्रेसलाई धारिलो बनाउनका लागि धारिलो नेतृत्व अवश्यक छ ।’