१८ भदौ, काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा पहिरोबाट प्रभावित बस्तीको तत्काल स्थानान्तरणका लागि पहल गरी पहिरो प्रभावितहरुको उद्दार गर्न र बेपत्ताहरुको तत्काल खोजी गर्न म सरकार समक्ष अपील गरेका छन्।
बरिष्ठ नेता पौडेलले काँग्रेसको स्थानीय तहमा सक्रिय नेता कार्यकर्तालाई उद्दारमा सघाउन समेत आग्रह गर्दै तत्काल उचित राहतको व्यवस्था गर्न सरकारसमक्ष मागसमेत गरेका छन् ।
नेत पौडेलले, ‘बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार रातिको बाढीपहिरोबाट अत्यधिक मात्रामा भएको जनधनको क्षतिले मलाई अत्यन्तै दुःखी बनाएको छ। करिब एक दर्जन मानिसले पहिरोमा परि ज्यान गुमाइसकेका छन् भने दुई दर्जन बढी बेपत्ता भएको अनुमान छ। पहिरोका कारण करीब ४० घरमा क्षति पुगेको छ। एउटा सिंगै बस्ती पहिरोमा परेको छ।’ भनेका छन् ।
पहिरोले सडक, झोलुङ्गेपुल र खानेपानीका मुहान र विद्यालयको भवनमा समेत क्षति पुगेको भन्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गरेका छन् । उनले भावुक रुपमा विज्ञप्ती निकाल्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै गहिरो समवेदना प्रकटसमेत गरेका छन् ।





