२३ भदौ, काठमाडौंं। नेपाली काँग्रेसले जननेता वीपी कोइरालाको १०७ औं जन्म जयन्ती भदौ २४ गते तथा यहि साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुलाई केन्द्रीय समितिका तर्फबाट एकसाता अघि परिपत्र गरिसकेको छ । काँग्रेसले कोरोना प्रतिकुलताबाट सुरक्षीत रहंदै स्थानीय परिस्थिति हेरि अनिवार्य रुपले भौतिक दुरि र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरेको छ । राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट रहने काँग्रेसले जनाएको छ ।
बिपी कोईराला जन्मजयन्ती केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको छ भने Zoom मार्फत हुने कार्यक्रमको समय, बिषय र वक्ता बारे जानकारी दिएको छ । उक्त कार्यक्रम यसरी सम्पन्न हुनेछः
१. भदौ २४ गते अपरान्ह १.०० बजे
वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो
बिषयक विचार गोष्ठी ।
वक्ताहरुः सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
संयोजनः नेपाली कांग्रेस केन्द्रीय कार्यालय
२. भदौ २५ गते अपरान्ह १.०० बजे
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिदेश नीतिमा वीपीको योगदान
वक्ताहरुः उपसभापतिः विमलेन्द्र निधि एवं विज्ञहरु ।
संयोजनः केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
३. भदौ २६ गते अपरान्ह १.०० बजे
विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति
वक्ताहरुः बौद्धिक चिन्तकद्वय नरहरी आचार्य र प्रदीप गिरि
संयोजनः सूचना, संचार तथा प्रचार विभाग
Zoom मार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज facebook.com/ nepalicongresshq/ बाट Live समेत गरिने काँग्रेस मुख्यसचिव कृष्णचन्द्र पौडेलले जानकारी दिएका छन् ।





