२५ भदौ, खोटागं । नेपाली काँग्रेसका संस्थापक नेता जननायक विपी कोईरालाको १०७ औं जन्मजयन्तीको अवशरमा सम्पन्न कार्यक्रममा खोटागंमा १६० जना नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
१०७ औं जन्म जयन्ती पालिका स्तरीय कार्यक्रम दिप्रुङ चुईचुम्मा गाउपालिकामा सम्पन्न भएकोछ साथै यसै कार्यक्रममा नेकपा प्रदेश सल्लाहकार तथा पुर्व गाविस अध्यक्ष, जिल्ला स्तरीय नेता लगायतको १६० जना सक्रिय सदस्य नेपाली काङ्रेसमा प्रबेश गरेको उक्त गाउँपालिका काँग्रेसले जनाएको छ ।
नेकपाको गण रहेको खोटागंमा नेकपाका प्रदेश सललाहकारसहित झण्डै दुईसय प्रबेश हुने काँग्रेसका लागि आउँदो निर्बाचनमा शुभ संकेत भएको स्थानीय बुद्धिजीबीको तर्क छ । प्रदेश नम्बर १ मा मुख्यमन्त्रीसहित स्थानीय तह र केन्द्र अनि स्थानीय तहको अधिकाँस स्थानमा नेकपाको नेतृत्व भएको बेला जनताको काम नेकपाले गर्न नसकेको देश र जनताको लागि काँग्रेसको विकल्प नभएको भन्दै नेकपाबाट काँग्रेस प्रवेश गरेको प्रवेशीहरुले बताएका थिए ।







