पु.समाचार

एकैदिनमा कोरोना संक्रमणका कारण ९ जनाको निधन, १०३९ मा देखियो कोरोना

२८ भदौ, काठमाडौं। आज १०३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने एकैदिन ११७३ जना कोरोना जितेर घर फर्किएका छन् । आजै कोरोना संक्रमणका कारण ९ जनाको निधन भएके छ । अहिलेसम्म कोरोनाका कारण नेपालमा निधन हुनेको संख्या ३४५ जना पुगेको छ ।
त्यसैगरी काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, काठमाडौंमा ४८३ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण देखिँदै उक्त पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार एकदिनमा ९ हजार १६५ जनामा कोरोना परीक्षण गरिएको थियो ।