स्वास्थ्य

सबै ल्याबमा कोरोना परीक्षण शुल्क दुई हजार गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

२८ भदौ, काठमाडौं। अबदेखी दुई हजार रुपैयाँमा नै पिसिआर परीक्षण गरिने निर्णय गरिएको छ । रिएजेन्ट र अन्य समानको मूल्य घटेका कारण उक्त परीक्षण रकम घटेको स्वास्थ्य मन्त्रालयको दाबी छ । परीक्षण शुल्क घटेको नियम सरकारी र निजी दुई ल्यावमा लागू हुने छ । आज १०३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने एकैदिन ११७३ जना कोरोना जितेर घर फर्किएका छन् । आजै कोरोना संक्रमणका कारण ९ जनाको निधन भएके छ । अहिलेसम्म कोरोनाका कारण नेपालमा निधन हुनेको संख्या ३४५ जना पुगेको छ ।
त्यसैगरी काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, काठमाडौंमा ४८३ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण देखिँदै उक्त पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार एकदिनमा ९ हजार १६५ जनामा कोरोना परीक्षण गरिएको थियो ।