पु.समाचार

सचिवालयका एक कर्मचारीलाई कोरोना लागेपछि सभापति देउवा बसे आईसोलेशनमा!

१ असोज, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा होम आईसोलेसनमा बसेका छन् । सभापति देउवाका सचिवालयका एकजना कर्मचारीमा कोरोना भँईरस संक्रमण पुष्टी भएपछि उनी कन्ट्याक्ट ट्रेसिंगका लागि आईसोलेसनमा बसेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवासहित प्रधानमन्त्री केपी शर्मा ओलीसँग संबैधिनिक नियुक्तीका लागि बस्ने भनिएको बैठक प्रभावित भएको छ । उक्त बैठक कोरोना रिपोर्ट अँएपछिमात्र तय गरिने जनाईएको छ । अन्य चार जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको स्वकीय सचिव भानु देउवाले बताए । उनले शुक्रबार सभापति देउवाको कोरोना स्वाव संकलन गरिने जानकारीसमेत दिए । महामन्त्री मा शसाँक कोईराला ओम अस्पतालको आईसियूमा रहेका बेला सभापति देउवालाई पनि कोरोनाको आशंका गरिएको छ ।