१ असोज, काठमाडौं । कोरोना संक्रमणका कारण ४ जनाको निधन भएके छ । आज निधन भएकालाई जोड्दा नेपालभर जम्मा ३८३ जनाको कोरोनाका कारण निधन भएको छ । आज १२४६ जना कोरोना संक्रमण थपिएका छन् । सकृय संक्रमित १६ हजार २४१ छन्, जम्मा पुगेका छन् । देशभर आईसोलेशनमा ८ हजार ३३८ जना छन् । ठुला सहरहरुमा कोरोना संक्रमण बढ्दै गएकोले सबैले कोरोना बच्नका लागि मिल्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । १० हजार ३८१ पीसीआर, २४ घण्टामा १२ सय ४३ जना निको भएर डिस्चार्ज भएका छन् । ३९ जना आईसियूमा छन् । काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।





