१४ असोज, काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टसबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरीअजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ । यसबाट“आफ्नैव्यक्तिगत घरहोस “भन्ने सपनाबोकेका ग्राहकहरुको अभिलासा पुरा गर्न सहजहुने कुरामा आफु विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।
यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्सका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले हस्ताक्षर गरे ।





