१६ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको छ ।
यस सम्झौता अन्र्तगत ग्राहकहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु) मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नेछन् । चेक र एटिएम् को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।





