आर्थिक

बैंक अफ काठमाण्डूको ग्रिन पिन सुबिधा

१६ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । यस सुबिधाबाट बैंकको नयाँ ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहक हरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् ।
नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “भ्लतभच थ्यगच इत्ए” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् । यस पश्चात कार्ड बाहकहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक इत्ए प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको इएत् प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नेछन् ।