स्वास्थ्य

उपत्यकामा ११ सय ७७सहित देशभर थपिए २१ सय २० कोरोना संक्रमित

१८ असोज, काठमाडौं । आज काठमाडौं जिल्लामा १००१, ललितिपुरमा १०९ र भक्तपुरमा ६७जना गरी उपत्यकामा ११ सय ७७सहित २१ सय २० कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण महामारीका नेपालको व्यवस्था सामान्य रहेको र व्यवस्थापन राम्रो रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
हिजो २७ सय भन्दा बढीमा संक्रमण देखिएको भएपनि आज उक्त संक्रमण हिजोको भन्दा घटेको छ । आज ११ जनाको कोरोनाका कारण निधन भएको छ । आजसम्म कोरोनाबाट निधन हुनेको संख्या पुगेको छ भने आजसम्मको कुल संक्रमित संख्या ८४ हजार ५७० पुगेको छ । २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुने २०४द्ध जना छन् भने जम्मा हालसम्म निको हुनेको संख्या ६२ हजार ७४० जना पुगेको छ ।