आर्थिक

वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

१८ असोज, काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि“दशैं धमाका”योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामानखरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।
यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानीगर्दा २०प्रतिशत वा अधिकतम् २ हजार ५०० सम्मको छुट प्राप्तगर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधापनि प्राप्तगर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “First come first serve”को आधारमा छुट प्रदानगरिने छ । यो योजनायही १९ आश्विन देखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ ।
सानिमा बैंकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ