१९ असोज, काठमाडौं । नेपाली कांग्रेससंग आवद्ध व्यटिसियन संघले २५ बुँदै प्रतिवद्धा सहित पार्लर खोल्न दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
संघले करीब ७ महिना देखीको लकडाउन तथा निषेधाज्ञाले सबै पेशा व्यवसायलाई अप्ठयारो बनाएको भएता पनि पछिल्लो केही समयबाट आर्थिक क्षेत्र चलायमान बनाउने तथा पेशा व्यवसायलाई बचाउन सरकारले सबै क्षेत्रहरुमा रहेको निषेधाज्ञालाई स्वास्थ्य मापदण्ड अपनाई खुकुलो बनाउदै लगेको नाई तथा व्यूटीपार्लर पेशामा अझै पनि निषेधाज्ञा जारी नै राखेकोमा गंभीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।
नजिकिदै गरेको दशै, तिहार तथा छठ जस्ता राष्ट्रिय पर्व मनाउन पनि पेशा बन्द रहेकोले यसमा संलग्न पेशाकर्मीहरुलाई कठिन हुने साथै लामो लकडाउन तथा निषेधाज्ञाले पेशाबाट विस्थापीत हुनेहरुको संख्या दिनानु दिन बढि रहेको भन्दै अब यथाशिघ्र नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाई सौन्दर्य प्रशाधन (नाई तथा व्युटीपार्लर) पेशामा हाल रहेको निषेधाज्ञा हटाई पेशा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न संघले अनुरोध गरेको छ । साथै संघले व्यवसाय सञ्चालन गर्नदिन आग्रह गदै विभिन्न २५ बुँदे प्रतिवद्धता व्यक्त समेत गरेको छ ।
यस्तै प्रधानमन्त्री ओलीलाई संघले श्रममन्त्रालय, गृहमन्त्रालय, सबै प्रदेश सरकार, कोभिड १९ क्राईसिस म्यानेजमेण्ट सेन्टर ९सिसिएमसी०, मुख्य सचिव, नेपाल सरकार, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी), नेपाल टे«ड युनियन कांगे्रस, राष्ट्रिय समिती लगाएतकालाई बोदार्थ पनि गरेको छ ।
नेपाल व्युटिसियन संघकी केन्द्रिय अध्यक्ष भगवती खडकाले आफुहरुले यस अघि पनि केन्द्र बाट श्रम मन्त्री र प्रदेश समितीहरु बाट मुख्यमन्त्रीहरुलाई राहत बारे पत्राचार गरेको र हाल लगभग सबै क्षेत्रमा निषेधाज्ञा खुकुलो भएको भएता पनि र पछिल्लो समयमा निषेधाज्ञा खुकुलो पार्नका लागि देशभर प्रर्दशन गर्दा पनि खुकुलो नभए पछि केन्द्रिय समितीबाट प्रधानमंत्रीलाई पत्राचार गरेका बताएकी छिन् ।
साथै उनले प्रधानमन्त्री ओलीले आफुहरुको समस्यालाई सकारात्मक रुपमा लिई पेशा लाई बचाउनका लागि यस क्षेत्रको निषेधाज्ञा हटाउन सम्बोधन गर्ने आशा एंव विश्वास लिएको उनले बताईन ।







