आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

१९ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दिपकथापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागीभई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागिशुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएम्बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।