आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्सबीच सम्झौता

२१ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्सबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले SWARAZ MAZDA SML ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई कर्जा प्रदान गरिने सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनकारी दिएका छन् ।