२२ असोज, काठमाडौं । मेडिकल सुधारको माग गर्दै अनशनमा बसेका प्रा डा गोबिन्द केसीको टोलीसँग सरकारले वार्ता शुरु गरेको छ । बुधबारमात्र शिक्षा मन्त्रालयका सचिवको नेतृत्वका वार्ता टोली गठन गरेको ओली सरकारले डा केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गएको र वार्ता गर्नुपर्ने भन्दै ब्यापक दबाब आएपछि सरकार वार्ताका लागि तयार भएको थियो । वार्तामा सरकारी तर्फबाट स्वास्थ्य मन्त्रालयका सहसचिव जीवराज लोहनी, चिकित्शा शिक्षा ओागका निर्देश्क डा दिलीप शर्मा रहेका छन् ।
सरकारका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजककत्वको तीन सदस्यीय टोली छ भने डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा चिकित्शक संघका अध्यक्ष डा लोचन कार्की, डा अन्जनीकुमार झा र अधिवक्ता ओम प्रकाश अर्याल छन् । भदौ २९ देखी जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले शिक्षण अस्पताल महाराजगंजको कोठा नम्बर ५०१ नम्बरमा रहेका छन् । चिकित्शक संघ लगायतले डा केसीको जिवन रक्षाको माग गर्दै आन्दोलन घोषणा गरिसकेका छन् भने सरकारले वार्ता समिति गठन गरेपछि आज वार्ता हुने बताईएको छ । डा केसीका पछिल्लो समयमा ६ बुंदे माग छन् । पटक पटक सहमती गर्ने तर वार्ता पुरा नगर्ने सरकारलाई डा केसीले आरोप लगाएका छन् । डा केसीले अब को वार्ता चैं माग पुरा हुनेतर्फ हुनुपर्ने माग गर्दै आएका छन् ।





