लुम्बिनी

रूपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा थप एक कोरोना संक्रमितको ज्यान गयो

२८ असोज, तिलोत्तमा । रूपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल–४ का ७७ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गत असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा ल्याइएका उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो । त्यहाँ गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिएको थियो ।

उनलाई राति थप समस्या भएपछि कोरोना अस्पताल ल्याई आइसीयूमा उपचार गर्ने क्रममा मृत्यु भएको डा. गौतमले जनाए । अस्पतालका अनुसार ती व्यक्तिमा मुटुरोगको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।