आर्थिक

कुमारी बैंकले ल्यायो फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा

१६ कात्तिक, काठमाडौं । कुमारी बैंकले आफ्नाग्राहकहरुको सुविधाकालागि फोनलोन नामक नयाँकर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदानगर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो । कुमारी बैंकमा विभिन्न तलबखाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि अधिकतम १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्तगर्न सकिन्छ भने कर्जाको लागिकुनै पनिधितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।
ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंक लि.ले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास दिलाउन चाहन्छ ।
आफ्ना देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंगइकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमापनि अझ प्रभावकारी तथाग्राहकमुखी सेवाविस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।