१६ कात्तिक, काठमाडौं । नेपाल बिद्यार्थी संघले आज काठमाडौंको प्रदर्शनी मार्गमा आफ्ना नेता कार्यकर्ता पक्राउ गरी झुटा मुद्धामा फसाउन खोजेको भन्दै बिरोध प्रदर्शन गरेको छ । नेविसंघका सयौं कार्यकर्ताहरुले कोरोना संक्रमणको बेलासमेत आफ्ना नेता कार्यकर्तालाई झुटा मुद्धा लगाई फसाउन खोजेको भन्दै तत्काल बिना शर्त रिहँई गर्न मागसहित प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघका नेता साथीहरुमाथी गरीएको यातना, धरपकड, दमन, झुट्टा मुद्धा लगाई गैर न्यायीक हिरासतमा राखिएका साथीहरुलाई अविलम्व रिहाईको माग संगै कोरोना कहरका बीच भ्रष्टाचारमा लिप्त सरकार विरुद्ध नेविसंघले प्रदर्शन गरेको हो । नेसिंसंघले कोरोना माहामारीको समयमा मुलुक र जनतालाई सरकारले अस्तब्यस्त बनाएको भन्दै सरकार भ्रष्टाचारमा चुलुम्म डुबेको खारोपसकेत लगाएका थिए ।





