पु.समाचार

पछिल्लो २४ घण्टामा २४ सय २८मा कोरोना पुष्टी, २३ जनाको निधन

१६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २८ सय २४ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण २३ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ। आज १३ हजार २३ जनाको परीक्षण गरिएको थियो । आज कोरोना भाईरस जित्नेको संख्या ३६ सय २० जना छ । हालसम्म मृतक संख्या ९६० पुगेको छ भने अहिलेसम्म संक्रमित संख्या एक लाय ७३ हजार ५६७ जना छ ।