१८ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज पनि बस्ने भनिएको पदाधिकारी बैठक स्थगीत भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा सांसद सुर्यबहादुर केसीको निधन भएपछि हिजोको बैठकलाई आज पनि निरन्तरता दिने बताईएको मा बैठक स्थगीत गरिएको हो ।
नेता केसीको गएराति पोखरास्थित आफ्नै निवासमा ६३ वर्षको उमरमा निधन भएको हो । यस्तै पदाधिकारी बैठक वस्ने सायमा आकस्मीक बैठक बसी शोक प्रस्ताव पारित गर्ने भएको छ ।
आज दिउँसो १ बजे केन्द्रिय समीतिको ईमरजेन्सी बैठक बसेर शोक प्रस्ताब पारित गरिएपनि पार्टीका अन्य विषयमा भने छलफल नहुने बताईएको छ ।
यस्तै सोमबारदेखी सुरुभएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले पार्टी कार्यालयमा दर्ता गरेको बिरोध पत्रका बारेमा छलफल गर्न आज दिउँसो १ बजे बैठक बोलाईएको थियो ।





