१९ कार्तिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवनमिस्ठान भण्डारसंग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्य वस्तुहरुमा ५% छुट प्राप्त गर्न सक्नेछन् ।
मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन । यसै बीच सम्पूर्ण नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहक वर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उत्तमहोत्सव आफ्ना परिवारजन सँग हर्षोल्लास का साथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् ।
सो सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राम मणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरेका हुन् ।
आफ्ना देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखा रहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहक मुखी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।





